चट्याङ लागेर नेपाली सेनाका २२ जना घाइते

बैतडी । बैतडीमा चट्याङ लागेर नेपाली सेनाका २२ जना सैनिक घाइते भएका छन् । त्यसमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

मंगलबार साँझ ७ बजेर ५० मिनेट जाँदा परेको चट्याङले शत्रुमर्दन गुल्मअन्तर्गत कठपतेमा तालीम गरिरहेका सेनाका जवान घाइते भएको शत्रुमर्दन गुल्मका गुल्मपति, सेनानी सुदीप बानियाँले जानकारी दिए ।

उनले भने, ‘घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।’ गम्भीर घाइते भएका अमरसिंह आलेमगर, बलराम थापामगर, दिनेशराज भट्ट, धनबहादुर ठनेत र सोनाम लामा तामाङलाई थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भएको सेनानी बानियाँले जानकारी दिए ।

बानियाँका अनुसार तालीममा रहेका सेनाका जवान एक्कासी चट्याङ लागेर घाइते भएका छन् ।

सामान्य घाइते भएका १७ जनाको जिल्ला अस्पतालमै उपचार भइरहेको छ । गम्भीर घाइते पाँच जनालाई उपचारका लागि काठमाडौँ पठाउने तयारी गरिएको छ ।

कमेन्ट गर्नुहोस्