क्यानडाविरुद्ध टस जितेर नेपाल बलिङ गर्दै

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गत क्यानडा विरुद्धको पाँचौं र निर्णायक खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने गर्दै छ ।

खेल नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा हुँदै छ ।

तीन खेलमा जित निकालेको नेपाल नेट रन रेटका आधारमा तेस्रो स्तानमा रहेको छ । शीर्ष स्थानमा क्यानडा र दोस्रो स्थानमा नामिबिया रहेका छन् ।

केन्यामाथिको जितसँगै दोस्रो स्थानमा उक्लिएको नेपाललाई मंगलबार नामिवियाले केन्यालाई ८ विकेटको फराकिलो जितले ठूलो दवाद सृजना गरेको छ । आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ। खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

आजको खेलमा नडा विरुद्धको खेलमा कप्तान पारस, ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषावकर, आरिफ शेख, रोहितकुमार पौडेल, सोमपाल कामी, बसन्त रेग्मी, करण केसी, सन्दीप लामिछाने ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  २० वर्षपछि नेपाललार्इ एसियाडमा रजत पदक
%d bloggers like this: