लालबाबु रावत मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । राजपाको समर्थनमा प्रदेश नम्बर २ को मुख्यमन्त्रीमा संघीय समाजवादी फोरमका लालबाबु राउत नियुक्त भएका छन् । राउतलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले मूख्यमन्त्री नियुक्त गरेका हुन ।

नवनियुक्त मूख्यमन्त्री राउतले बिहीबार (भोली) १२ बजेपछि जनकपुर चुरोट कारखानाको खेल मैदानमा सपथ ग्रहण गर्ने तय भएको छ ।

मूख्यमन्त्रीले सपथ लिएलगत्तै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी भएको बताइएको छ । २ नं प्रदेशमा फोरम र राजपा मिलेर सरकार गठन गर्न लागेका हुन ।

२ नं प्रदेशमा राजपाले सभामुख र फोरमले मुख्यमन्त्री पाउने सहमति अनुसार राजपाका सरोजकुमार यादव सभामुख निर्वाचित हुँदै छन् ।

कमेन्ट गर्नुहोस्