किन बाेलाए ओलीले स्थायी समितिकाे आकस्मिक बैठक

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका स्थायी समितिको आकस्मिक बैठक बोलाएका छन् ।

माओवादीसँगको पार्टीका लागि अन्तिम निर्णय गर्न संयोजन समितिको बैठक बस्ने अघि एमाले स्थायी समितिको आकस्मिक बैठक बस्न लागेको हो । बैठकमा सहभागी हुन नेताहरु मानभवनतिर लागेका छन् ।

एमाले अध्यक्ष ओली माओवादी अध्यक्ष प्रचण्डसँग पार्टी एकताका लागि भएका सहमति पार्टीबाट अनुमोदन गराउन स्थायी समितिको बैठक बोलाएको अनुमान गरिएको छ । स्थायी समिति एमालेको शक्तिशाली निकाय हो ।

मानभवनस्थित व्यासायी शारदाप्रसाद अधिकारीको घरमा पछिल्लो समय ओली र प्रचण्डबीच धेरै चरणका वान टु वान छलफल भइरहेका छन् ।

माओवादी अध्यक्ष प्रचण्ड निकट व्यवसायी अधिकारीकै घरमा एमालेको बैठक बस्न लागेको हो । संयोजन समितिको बैठक पनि सोही ठाउँमा बस्ने भएकाले एमालेको बैठकका लागि नेताहरुलाई सोही ठाउँमा बोलाइएको स्रोतले जनाएको छ ।

कमेन्ट गर्नुहोस्