सन्दीपको उत्कृष्ट प्रदर्शन, क्यानडाको झारे २ विकेट

काठमाडौं । आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत क्यानडा विरुद्धको निर्णायक खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ।

ताजा अवस्थामा  नेपालका लागि युवा लेग स्पिनर सन्दीप लामिछानेले २ विकेट लिएका छन् भने बसन्त रेग्मीले १ विकेट हात पारेका छन् ।

१० ओभरसम्म कुनै सफलता हात नपारेको नेपालले ११ ओभरमा दोस्रो सफलता हात पारेको थियो। नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट दिलाएका थिए। उनले आफ्नो स्पेलको दोस्रो बलमै रभिन्दु गुणकेसरालाई ९ रनमा रोहितकुमार पौडेलबाट क्याच गराए । गुणकेसरा आउट भएसँगै क्यानडाको ४६ रनको ओपनिङ साझेदारी तोडियो।

यस्तै सन्दीप लामिछानेले क्यानडा कप्तान नितीश कुमारलाई ५ रनमा आउट गरेका छन्। यस्तै सन्दीपले धनुस्का पाथिरानालाई २ रन बनाएर खेलिरहदा एलबिडब्लुको धरापमा पारे।

अहिले क्यानडाका लागि ओपनर विजयरत्ने र नवनित धालिवाल ब्याटिङ गरिरहेका छन्।

क्यानडाले १९ ओभरमा ३ विकेटको क्षतिमा ६८ रन जोडेको छ।

आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा भइरहेको छ। खेलको नजिताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शीर्ष २ टिम एकदिवसीय विश्वकप छनोट प्रतियोगिताका लागि छनोट हुनेछन्।

कमेन्ट गर्नुहोस्