नेपालको उत्कृष्ट बलिङ, क्यानडाको तेस्रो विकेट पतन

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ गर्दै ३ विकेटझार्न सफल भएको छ ।

प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप लामिछानेले क्यानडाको तेस्रो विकेट लिएका हुन् । सन्दीपले आजको खेलमा क्यानडाको दुई विकेट झारिसकेका छन् । भने बसन्त रेग्मीले एक विकेट लिएका छन् ।

सन्दीपले क्यानडाका डिएन पथिरानालाई दुई रनमै पेभेलियन फर्काइदिएका हुन् । भने त्यसअघि नितिश कुमारलाई ५ रनमै आउट गरेका थिए । उनलाई सन्दीपको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् ।

सन्दीपले यो प्रतियोगितामा नै उत्कृष्ट बलिङ गरेका छन् । आजको खेलमा नेपालको सन्दीपमाथि ठूलो आशा रहेको छ । सदीपले ५ ओभर बलिङ गर्दै २ विकेट लिँदै मात्र ७ रन खर्चेका छन् ।

त्यस्तै, क्यानडाको पहिलो विकेटका रुपमा वसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेका हुन् । उनी २४ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।

नेपाल क्यानडलाई हराउनै पर्ने दवावका साथ मैदानमा उत्रिएको हो । १९ ओभरको समाप्तिमा क्यानडाले ३ विकेट गुमाई ६९ रन बनाएको छ ।

कमेन्ट गर्नुहोस्