नेपाललाई अर्को सफलता, बसन्त र सन्दीपले लिए २/२ विकेट

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तर्गतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपालले कसिलो बलिङ चार विकेट झार्न सफल भएको छ ।

वसन्त रेग्मीले धालिवालको विकेट लिँदै क्यानडाको चौथो विकेट झारेका हुन् । उनलाई वसन्तको बलमा विकेटकिपर दिलिप नाथले स्टम्पआउट गरेका हुन् ।

नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले २-२ विकेट लिएका छन् । यस्तै करण केसीले १ विकेट हात पारेका छन्।

प्रतियोगितामा सर्वाधिक विकेट लिएका सन्दीप लामिछानेले क्यानडाको तेस्रो विकेट लिएका हुन् । सन्दीपले आजको खेलमा क्यानडाको दुई विकेट झारिसकेका छन् भने बसन्त रेग्मीले एक विकेट लिएका छन् ।

सन्दीपले क्यानडाका डिएन पथिरानालाई दुई रनमै पेभेलियन फर्काइदिएका हुन् । भने त्यसअघि नितिश कुमारलाई ५ रनमै आउट गरेका थिए । उनलाई सन्दीपको बलमा ज्ञानेन्द्र मल्लले क्याचआउट गरेका हुन् ।

सन्दीपले यो प्रतियोगितामा नै उत्कृष्ट बलिङ गरेका छन् । आजको खेलमा नेपालको सन्दीपमाथि ठूलो आशा रहेको छ । सदीपले ५ ओभर बलिङ गर्दै २ विकेट लिँदै मात्र ७ रन खर्चेका छन् ।

त्यस्तै, क्यानडाको पहिलो विकेटका रुपमा वसन्त रेग्मीको बलमा रोहित पौडेलले आर गुनासेकरालाई क्याचआउट गरेका हुन् । उनी २४ बलमा ९ रन बनाउँदै आउट भएका हुन् ।

२७ ओभरको समाप्तिमा क्यानडाले ४ विकेट गुमाई ९३ रन बनाएको छ ।

विश्वकप छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानडलाई हराउनै पर्ने दवाव छ ।

कमेन्ट गर्नुहोस्