ओली र प्रचण्डबीचको वार्ता सकियो, संयोजन समितिको बैठक बस्दै, आजै पार्टी एकता घोषणाको तयारी

काठमाडौं । एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष प्रचण्डबीचका वान टु वान वार्ता सकिएको छ । पार्टी एकता र शक्ति बाँडफाँडमा अन्तिम सहमति जुटाउन ओली र प्रचण्ड निरन्तर छलफलमा छन् र एकता प्रक्रिया घोषणाको चरणमा पुगेको उच्चस्रोतले जनाएको छ ।

ललितपुरको मानभवनस्थित निर्माण व्यवसायी शारदा अधिकारीको घरमा ओली प्रचण्डबीच वान टु वान वार्ता भएको थियो । दुई अध्यक्षबीचको छलफलमा मोटामोटी रुपमा धेरै कुरामा सहमति भएको स्रोतले जनाएको छ । तर कुन विषयमा ओली र प्रचण्डबीच सहमति जुटेको भन्ने खुलाइएको छैन ।

अधिकारीकै घरमा अहिले दुबै पार्टीका शीर्ष नेताहरु अध्यक्षद्वय ओली प्रचण्डबीच सहमति भए भनिएका विषयमा पार्टीभित्र आन्तरिक छलफलमा जुटका छन् । आन्तरिक छलफल सकिए लगत्तै पार्टी एकता संयोजन समितिको बैठक बस्ने तयारी भइरहेको छ ।

संयोजन समितिको बैठकमा पार्टी एकताको खाकालाई अन्तिम रुप दिई आजै एकता प्रक्रिया टुंग्याउने तयारी भएको बताइएको छ ।

आजको वार्तामा विशेष गरी ओली र प्रचण्डबीच एकीकृत पार्टीका कार्यदिशाका विषयमा दुवै पार्टीका विचारहरुको संश्लेषण गर्ने र पार्टीभित्र छलफल चलाएर एकता महाधिवेशनमार्फत टुंग्याउने बारेमा छलफल केन्द्रित रहनेछ ।

सम्बन्धित् समाचार  भक्तपुर मालपोत अधिकृतसहित चार कर्मचारी घुससहित रंगेहात पक्राउ

त्यसैगरी एकीकृत पार्टीका नेतृत्व वा अध्यक्ष को हुने भन्ने विषयमा पनि आज अन्तिम टुंगो लाग्ने छ । जसमा दबै पार्टीका अध्यक्षहरुलाई समान हैशियत र भूमिका रहने मोडालिटीमा छलफल केन्द्रित रहेको र त्यसलाई थप व्याख्या गरी टुंग्याउने तयारी छ ।

र पार्टीको संगठनात्मक एकीकरण र संरचनाका बारेमा आज ओली र प्रचण्डबीचको वार्तामा छलफल केन्द्रित रहने छ । यसबारेमा अहिले माओवादीको केन्द्रीय समिति चार हजार र एमालेको केन्द्रीय समिति दुईसय सदस्यीय रहेको छ ।

संभव आजै एमाले र माओवादी केन्द्रबीच पाँच महिना लामो पार्टी एकता प्रक्रियाले निर्णायक मोड लिने छ । र पार्टी एकताको अन्तिम खाका तयार भई सार्वजनिक हुने छ ।

ओली र प्रचण्डलाई एकीकृत पार्टीमा शीर्षसँगै दोस्रो तहका नेतालाई व्यवस्थापन गर्न निकै चुनौति रहेको छ । भने ठूलो संख्याको केन्द्रीय समितिलाई छरिता, चुस्त र दुरुस्त बनाउने कार्य सबैभन्दा जटिल देखिएको छ ।

यसअघि सोमबार भएको ओली र प्रचण्डबीचको वान टु वान वार्तामा दुबै जना अध्यक्ष रहने, प्रधानमन्त्री आलो पालो गर्ने र एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी राख्ने सहमति भएको बातइएको छ ।

सम्बन्धित् समाचार  यसरी महिलाले नै भत्काइदिए छाउ गोठ

त्यस्तै मंगलबार भएको वान टु वान वार्तामा एकीकृत पार्टीमा केन्द्रीय समिति ९९ सदस्यीय बनाउने पनि सहमति भएको छ ।

कमेन्ट गर्नुहोस्

%d bloggers like this: