नेपालको चार विकेट पतन

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग डिभिजन टूको अन्तिम खेलमा क्यानडाले दिएको १९५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले चार विकेट गुमाएको छ ।

नेपालले ज्ञानेन्द्र मल्ल, पारस खड्का, शरद भेषावाकर र दिलिप नाथ आउट भएका छन् ।। पारस र ज्ञानेन्द्र दुवैलाई क्यानडाका बलर परबेजले आउट गरेका हुन् । ज्ञानेन्द्र २५ बलमा एक छक्कासहित ९ रन बनाएर आउट भए । भने पारस शुन्य रनमा आउट भए ।

यस्तै दिलीप नाथ ४१ रन बनाएर आउट भएका छन्। उनले तेस्रो विकेटका लागि दीपेन्द्रसिंह ऐरीसँग ५० रनको साझेदारी गरे। दिलीपले आउट हुनुअघि ६८ बल खेलेर ५ चौका प्रहार गरे। लगत्तै शरद भेषावकर १ रनको झिनो स्कोरमा आउट भए।

अहिले नेपालका लागि आरिफ शेख र दीपेन्द्रसिंह ऐरी ब्याटिङ गरिरहेका छन्।

अहिले २४ ओभरको समाप्तिमा नेपालले ४ विकेट गुमाउँदै ७६ रन बनाएको छ ।

 

कमेन्ट गर्नुहोस्