संयोजन समितिको ५ घण्टा लामो बैठक सक़ियो, भोली फेरी बस्ने

काठमांडौ,
बहुप्रतिक्षित एकता संयोजन समितिको बैठक सकिएको छ ।

बैठकले पार्टी एकता प्रक्रियासँग छलफलमा रहेका अधिकांश विषयमा सहमति गरेको जनाइएको छ ।

बैठकमा पार्टी एकताको प्राविधिक कुराहरूको तयारी गर्न कार्यदल बनाउने, नेतृत्वको मोडालिटी, कार्यदिशा लगायतका विषयमा सहमति जुटेको बताइएको छ ।

प्रक्रियासँग सम्बन्धित छलफल हुन नपाएका विषयमा भोली टुंगो लगाइनेछ ।

आजको बैठकपछि ओली र प्रचण्डवीच केही समय एक्लाएक्लै छलफल भएको थियो ।

आज अपरांह ओली र प्रचण्डबीच छलफलपछि नेकपा एमाले र माओवादी केन्द्रले आन्तरिक छलफल गरेका थिए ।

अपरांह ४.३० देखि संयोजन समितिको बैठक बसेको थियो ।

कमेन्ट गर्नुहोस्