सरकारमा नजाने भनेका छैनौँ : देवेन्द्र पौडेल

काठमाडौं, फागुन ४ । नेकपा माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले आफुहरुले सरकारमा नजाने नभनेको स्पष्ट गरेका छन् ।

उनले भने ‘हामीले नै सहमती दिएको पत्र लिएर केपी ओली प्रधानमन्त्रीको दावी पेश गर्न राष्ट्रपतिकोमा पुग्नुभएको हो, भने यस्ता बिषय आउनु त्यति ठिक होईन । ‘

अनि किँन हिजो ओलीको मन्त्रीपरिषदमा मन्त्री नपठाएको त माओवादी केन्द्रले भन्ने प्रश्नमा उनले भने ‘हामी सबै बिषय प्याकेजमै टुङ्ग्याउन प्रयत्न गरिरहेका छौँ , त्यहि भएर हो नत्र त ओली जी ले मन्त्रीको नाम दिन भन्नुभएको थियो तर हामीले त्यसो गरेनौँ । ‘

ती प्याकेज भित्र के के पर्छन भन्ने अर्को प्रश्नमा नेता पौडेलले भने ‘अब राष्ट्रपति उपराष्ट्रपति, सभामुख लगायतका बिषय छन् । पार्टी एकता पनि टुङ्ग्योमा पगिसकेको छैन् , केहि बिषय मिल बाँकी छन् । यी सबै बिषयलाई हल गरेर मात्रै सरकारमा सहभागी हुने भन्ने हो नत्र हामलिे ओलीजीलाई त सर्मथन गरेका छौँ । आत्तिनुपर्ने बिषय रहेन ।’

पार्टी एकतामा कहाँनेर कुरा नमिलेको भन्ने जिज्ञासामा नेता पौडेलले ‘थपे केहि बिषय मात्रै बाँकी हुन । कार्यदिशाका बिषयमा कसरी जाने, वैचारिक बिषयलाई कसरी हल गर्ने भन्ने छ ।’

तत्कालका लागि एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने तर पार्टी एकतासहित समग्र प्याकेजमा सहमति नजुट्दासम्म सरकार बाहिरै रहने नीति अँगाल्ने संकेत माओवादीले गरेको हाे ।

जनताको बहुदलीय जनवाद (जबज) मा एमालेको अडानका कारण पार्टी एकता संयोजन समितिको बुधबारको छलफल नटुंगिएको अध्यक्ष पुष्पकमल दाहालले बिहीबार बिहान पार्टी नेतालाई ब्रिफिङ गर्दै बताएका थिए।

दाहालले एकता सहितको समग्र प्याकेज नटुंगिएसम्म गठबन्धन सरकारलाई समर्थन जनाउने तर सरकारमा सहभागितालाई प्राथमिकता नदिने बताए ।

त्यही कारण माओवादीले ओलीलाई प्रधानमन्त्रीको दाबी प्रस्तुत गराउँदा समर्थन दिए पनि सरकारमा भने सहभागिता जनाएन। ओलीले पहिलो चरणमा मन्त्रिपरिषद् गठन गर्दा माओवादीका दुई जना नेता सिफारिस गर्न दाहाललाई आग्रह गरेका थिए।

ओलीले पहिलो चरणमा एमालेका तर्फबाट आफूसहित तीन र माओवादीका दुई गरी पाँच सदस्यीय मन्त्रिपरिषद् बनाउने योजना बनाएका थिए। तर, माओवादीले तत्काललाई सरकारबाहिरैबाट समर्थन गर्ने सूचना पठाएपछि ओलीले एमालेका दुई नेतालाई मात्रै मन्त्री बनाए।

कमेन्ट गर्नुहोस्