किन किन आजभोली फूलदेखि रिस उठ्छ ?

पूजा पराजुली

भएका ती अन्जानमा, भुलदेखि रिस उठ्छ
किन किन आजभोली फूलदेखि रिस उठ्छ

पाइन्छ र कहाँ ? अचेल चोखो माया खोजेर
मायाको नाम जपि हिड्ने हुलदेखि रिस उठ्छ

सुख्खायाम नै प्यारो बरु, केही क्षणको पानी भन्दा
बर्षायाममा मात्र फुट्ने ,मुलदेखि रिस उठ्छ

एउटासँग हुन्छ माया, बिहे अर्कैसँग हुन्छ
‘शुभ विवाह’ लेखेको रातो तुलदेखि रिस उठ्छ

छुट्नै पर्ने थिएन, भेट नै नहुने यदि भए
दुई किनारा एक बनाउने पुलदेखि रिस उठ्छ
किन किन आजभोलि फूलदेखि रिस उठ्छ !!

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!