जनयुद्धको सिको गर्दै छायाँ सरकार बनाउने भनेका होईनौ, यो लोकतान्त्रिक अभ्यास हो : वालकृष्ण खाँड

सभापति देउवा ने संसदीय दलको नेता बन्नुहुन्छ

नेपाली कांग्रेसका नेता वालकृष्ण खाँडले वाम सरकारलाई सहि बाटोमा हिडाउन छायाँ सरकार बनाउने निर्णय गरिएको प्रष्टीकरण दिएका छन् । उनले भने ‘वाम सरकार लोकतान्त्रिक मुल्य र मान्यता अनुरुप चल्छ कि चल्दैन भनेर त्यसको निगरानी छाँया सरकारको आवश्यक्ता परेको हो ।’

कांग्रेस लामो समयदेखि सरकारमा रहँदै आएको पार्टी हो अब कम्तिमा पाँच बर्ष सत्ता बाहिर रहनुपर्ने भएकाले नेताहरुको आन्तरिक व्यवस्थापनका लागि जिम्मेवारी दिन खोजीएको हो  ? भन्ने प्रश्नमा उनले भने विलकुल त्यस्तो होईन । २०४८ सालमा नेकपा एमालेले पनि छायाँ सरकार बनाएको थियो । १० बर्षे माओवादी शसत्र युद्धमा पनि उनीहरुले छायाँ सरकार भन्थे ।

हामीले चाहीँ संविधानको मर्म र भावना अनुरुप वाम गठबन्धनको सरकार अगाडि बढ्छ कि बढ्दैन त्यसको निगरानी गर्न र खबरदारीका लागि छायाँ सरकारको कुरा गरेका हौँ । अन्य कुनै कारण छैन ।

भनेपछि माओवादी जनयुद्धको अभ्यास अहिले सिको गर्दै हुनुहुन्छ ?

कुरा बुझ्नुस न हामीले लोकतान्त्रिक अभ्यासकै एउटा पाटोलाई समाउन खोजेका हौँ । अन्यत्र पनि यस्तो अभ्यास हुने गरेको छ।

कसैको सिको गरेको वा नगरेको भनिरहनु भन्दा पनि हाम्रो निर्णय अहिलेको आवश्यक्ता हो । अहिले कस्ता प्रधानमन्त्री बनेका छन् सबेलाई थाहौ छ । केपी ओली जी लोकतन्त्र विरोधी हुन भनेर मैले भने भने आरोप लगायो भनेर मात्र भन्छन ।

किँन यसो भने होलान भन्नेतिर कसेको ध्यान गएको देखिँदैछ । पछिल्लो उदाहरण नै हेर्नुस हामीले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि एकल संक्रमणिय प्रणाली सहितको प्रस्ताव नलगेको भए राष्ट्रियसभा प्रतिपक्षि बिहिन हुन्थ्यो । प्रतिपक्षि नभएको पनि लोकतन्त्र हुन्छ । यो कस्तो लोकतन्त्र । प्रतिपक्षि बिहिन लोकतन्त्रको कल्पना गर्ने व्यक्ति कसरी लोकतन्त्रको पक्षमा हुन्छ ।

प्रसंग बदलौँ न संसदिय दलको नेतामा किँन यत्रो राडाँको ?

हेर्नुस केहि रडाँको छैन् । पुरानो पार्टी भएकाले अभुवभी नेताहरु धेरै हुनुहुन्छ । नयाँ नेतृत्वका लागि आकांक्षी देखिनु स्वभाविक पनि हो । यहि कारण ठुलै रस्साकस्सी भैरहेको जस्तो देखिएको होला । हामी अहिले त्यसरी जाने अवस्थामा छैनौँ ।

सभापतिले नै संसदिय दलको पनि जिम्मेवारी लिएर पार्टीलाई एकताबद्ध बनाउँदै अगाडि बढ्नुपर्छ भन्ने लाग्छ । संसदीय दलको नेता र पार्टी सभापति फरक फरक हुँदा दुई जनाको समन्वय नमिलेर कतिपय अवस्थामा पार्टी अप्ठेरोमा परेको उदाहरण खोज्न धेरै टाढा जानु पर्दैन ।

त्यसैले मलाई व्यक्तिगत रुपमा के लाग्छ भने सभापति ने संसदीय दलको नेता बन्नुहुन्छ । सहमती भए ठिकै छ नभए लोकतान्त्रिक अभ्यास गर्दै आएको पार्टी हो । त्यसकै आधारमा चुनिनुहुन्छ ।

 

कमेन्ट गर्नुहोस्