सानिमा इक्वीटी फण्डले धितोपत्रमा लगानी बढायो

काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्वीटी फण्डले धितोपत्रमा लगानी बढाएको छ ।

माघ महीनाको अपरिष्कृत वित्तीय विवरणलाई आधार मान्दा फण्डको धितोपत्रमा लगानी बढेको देखिएको हो ।

पुस महीनामा रू. ३३ करोड १७ लाख ६५ हजार लगानी गरेको फण्डले माघ महीनामा रू. ३९ करोड ८० लाख ८४ हजार लगानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

माघ महीनामा २७ ओटा सूचीकृत कम्पनीमा १ लाख ७८ हजार ३ सय ६८ कित्ता शेयरमा रू. १३ करोड ४८ लाख ८८ हजारभन्दा बढी लगानी गरेको कम्पनीले बाँकी रकम बैङ्क मुद्दती निक्षेप र सूचीकृत कम्पनीले निष्कासन गरेको हकप्रद र बोनस शेयरमा लगानी गरेको छ ।

माघ महीनामा रू. ५३ लाख २१ हजार नोक्सान व्यहोरेको फण्डको प्राप्त भईसकेको आम्दानी रू. ५० लाख ३६ हजार र प्राप्त भइनसकेको आम्दानी रू. ७ लाख ७३ हजार रहेको छ ।

अार्थिक अभियानबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!