गजलः ढाकिएको छ बादलले मनसुन देखिएन

फेरी उस्तै आकाशमा कतै जुन देखिएन
ढाकिएको छ बादलले मनसुन देखिएन

मलाई जिताउनु परीवर्तन गर्छु भन्छ नेता
अह कहिलै जितेपछि उसको गुन देखिएन

मेरो भाग हो भन्दै खोस्न आउछ छिमेकी
सीमानामा सरकारको बानबुन देखीएन

हरेक दीन न्याय नपाएर मरीराछन मान्छे
अदालतले भनि दीन्छ कतै खुन देखिएन

नेपालमा छिट्टै रेल कुदाउँछु भन्छ सरकार
कठै आज पनि कणालीमा खाने नुन देखीएन

फेरि उस्तै आकाशमा कतै जुन देखिएन
ढाकिएको छ बादलले मनसुन देखिएन

लेखकः राजन पराजुली चितवन

कमेन्ट गर्नुहोस्

error: Content is protected !!