कविताः कायर साम्राज्यवाद

यतिबेला
ह्वाइट हाउसका रैथाने बाजहरु
आँखामा कालोपट्टि बाँधेर दमासकसमा
युद्धको तुवाँलो भित्र अँध्यारो जोखिरहेछन् !

अबोध नानिहरुका ओछ्यानमा
आणविक बम बिछ्याउँदै
छियाछिया बनाएका छन्– कलिला तनहरु !

गुँड नफिर्दै बाटोमै हराएका छन्
जिवनको अक्षरपढ्न पाठशाला हिंडेका बचेराहरु
बाँस नफर्किएर पसलमै विलायकाछन्
नुनकिन्न गएका कयौं आमाहरु !

धर्ती ओभाएकोछैन आलो रगतको भेलबग्दा
चौतर्फी बमका दिवारले रोकिएको छ !

भञ्ज्याङ्का स्याउलाहरुमा
स्कुले नानिहरुको रगत पोखिएकोछ !

साम्राज्यवादी दादागिरीले
यतिबेला दमासकस गहिरो पीडामा छ !

ठिक यसैबेला
साम्राज्यवादको जुठेल्नुमा लट्पटिँदै
अल असद र वान कि मुनहरु(निदाईरहेछन्
विश्वभर मानवाधिकारको घण्टी ठोक्नेहरु
खै रु सद्देछन् वा धतुरो खाएकाछन् !

कयौं मोहोम्मदहरुको प्राण निचोर्दै
छातिमा बारुद सल्काएका छन् !
साँच्चिकै !

विश्व शक्तिशालीको ध्वासेदिने साम्राज्यवाद
कति तर्सिएछ( ती कोमल मान्छेहरुसँग !
कति आतंकित भएछ– ती मुनाहरुसँग !
अनि( चिचिला नानिहरुसँगै
यस्तो थरथरी काँप्ने तिमी
कसरी भयौ विश्व शक्तिशाली !
शक्तिशाली त हुँनै सक्दैनौं तिमिहरु !
दुनियाँकै कायर् रहेछौ बरु !!

उमेश बन्जाडे
लमही दाङ, हालः क्वालालम्पुर मलेसिया

कमेन्ट गर्नुहोस्

error: Content is protected !!