पैसाकै कारण बिहे हुन सकेन : सलमान खान

मुम्बई । बलिउड क्षेत्रका सुपरस्टार सलमान खान योग्य अविवाहित पुरुष हुन् । हजारौं युवती उनीसँग बिहे गर्न लालायित छन् । तर, उनले बिहे गर्न सकेका छैनन् ।

भारतीय सञ्चारकर्मीले सलमानलाई प्रश्न गर्न छोडेका छैनन्, ‘किन अहिलेसम्म बिहे नगर्नुभएको ?’

सलमान भन्छन्, ‘बिहे नगर्नुको कारण पैसा।’

तर सलमान बलिउडमा धेरै पैसा कमाउनेमध्येका अभिनेता हुन्। ‘बिहेमा करोडौं खर्च हुन्छ । मैले अफोर्ड गर्न सक्दिनँ त्यसैले एक्लै छु,’ सलमानले भनेका छन्।

सलमानले आफ्नो बाबुआमाको बिहे १८० भारुमा भएकाले ५ बच्चा पाल्न सकेको जवाफ दिएका छन्।

सलमानको बिहेको विषयमा यस अघिदेखि नै धेरै अड्कलबाजी पनि हुँदै आएका छन्। सलमान बलिउडमा धेरै गर्लफ्रेन्ड बनाउने मध्ये पनि पर्छन्।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!