श्रीदेवीको निधनले रानीले आफ्नो जन्मदिन नमनाउने घोषणा गरिन्

काठमाडौं । बलिउड क्षेत्रकी चर्चित अभिनेत्री रानी मुखर्जीले आफ्नो जन्मदिन मनाउन क्यान्सिल गरेकी छन् ।

शनिबार राति श्रीदेवीको निधन भएको खबर पाएपछि अभिनेत्री रानी मुखर्जीले आफ्नो यो वर्ष जन्मदिन नमनाउने भन्दै क्यान्सिल गरेकी छिन् । यस्तो दुःखद घडीमा आफ्नो जन्मदिन मनाउन उचित छैन भनेका छन् ।

अभिनेत्री श्रीदेवीसँग आफ्नो घनिष्ट सम्बन्ध रहेको बताएकी छन् । श्रीदेवी आफ्नो मनपर्ने कलाकार हुनुका साथै एक असल मित्र पनि भएको बताएकी छन् । उनले भनेकी छन्, ‘बलिउडले एक असल कलाकार गुमाएको छ, यसको क्षतिपूर्ति गर्ने कुनै ठाउँ छैन।’

यही आउँदो मार्च २१ गते उनको ४० अौं जन्म दिन परेको छ । अभिनेत्री श्रीदेवीको हृदयाघातका कारण फागुन ११ गते राति दुबईमा निधन भएको थियो।

कमेन्ट गर्नुहोस्