श्रीदेवीको पार्थिव शरीरको अन्तिम संस्कार (फोटो फिचर)

बलिउड अभिनेत्री श्रीदेवीको हृदयघातका कारण दुवईमा मृत्यु भएको थियो ।

श्रीदेवी, पति बोनी कपूर र कान्छी छोरी खुशीको साथमा आईतबार दुबईमा मोहित मारवाहको बिवाहमा सहभागी हुनको लागि पुगेकी थिईन् ।

मंगलबार साँझ श्रीदेवीको पार्थिव शरीर मुम्बई ल्याएपछि अहिले त्यहाँ उनको अन्तिम श्रद्धान्जली भईरहेको छ । उनको अचानक मृत्युको कारणले बलिउड सहित अन्य ठाउँको फ्यानहरुमा गहिरो चोट परेका छन् ।

बुधबार भारतीय समयको दिउँसोको ३:३० मा श्रीदेवीको अन्तिम संस्कार हुने भएको छ ।

बुधबार भारतीय समयअनुसार दिउँसाे ३:३० बजे श्रीदेवीको पार्थिव शरीरको अन्तिम संस्कार गर्न बलिउड क्षेत्रका सबै कलाकारहरु उपस्थित भएका छन्, हेर्नुहोस् फोटोफिचरहरु-

 

कमेन्ट गर्नुहोस्