विश्व वर्ष खेलाडीको उपाधि फेडेरर र सेरेनालाई

काठमाडौं, फागुन १६ । ग्राण्डस्लाम उपाधि २० पटक जितेका स्वीस टेनिस खेलाडी रोजर फेडेररले वर्ल्ड स्पोर्टसम्यान अवार्ड जितेका छन्।

त्यस्तै, अमेरिकी टेनिस खेलाडी सेरेना विलियम्सले वर्ल्ड स्पोर्टस् वुमन अवार्ड जितेकी छन्।

फेडेररलाई सन् २०१७ को ‘रोलियस वर्ल्ड स्पोर्टसम्यान अफ द इयर’ अवार्डले सम्मान गरिएको हो। उनले कमव्याक अफ द इयरको उपाधि पनि पाएका छन्।

अवार्डका लागि रियल मड्रिडका स्टार स्ट्राइकर रोनाल्डो र राफेल नाडाल पनि छानिएका थिए। उनीहरुलाई पछि पार्दै फेडेररले उपाधि हात पारे।

सेरेनाले गत वर्ष २३औं ग्राण्डस्लाम उपाधि जितेकी थिइन् भने फेडेररले सन् २०१७ मा अस्ट्रेलियन ओपन र विम्बल्डन टेनिसको उपाधि जितेका थिए।

कमेन्ट गर्नुहोस्