वाम गठबन्धनसंग जोडकोण मिल्न बाँकी छ : फोरम नेपाल

'अहिलेसम्म पोलिटिकल एग्रिमेन्ट गर्ने बिषयमा छलफल चलिरहेको हो, यो टुङ्ग्एिपछि सबै मिल्छ'

काठमाडौं, फागुन १८ ।  संघिय समाजवादी फोरम नेपालले नेकपा एमाले र माओवादी केन्द्रको वामगठबन्धनसंग जोडकोण मिल्न बाँकी रहको बताएको छ ।
हिजो र अस्ति लगातार दुई दिनसम्म सरकार विस्तार र संविधान संसोधनबारे लिखित सहमती गर्ने भन्दै निरन्तर छलफलमा जुटेपनि अन्तत निस्फल भयो ।

फोरम अध्यक्ष उपेन्द्र यादवले आज तराईमा होलि भएकाले बाँकी छलफल भोलि मात्रै हुने बताए । उनले भने “अब कहाँ मान्छेलाई फुर्सद छ हाम्रो कुरा सुन्ने, हिजो पहाडको होलि र आज तराईमा खेलिने होलिको रौनकमा मान्छेलाई हाम्रो कुरा सुन्ने फुर्सद कहाँ हुन्छ, अब भोलि मात्रै यस बिषयमा थप छलफल हुन्छ र के भयो जनतालाई औपचारिक जानकारी गराउँला ।”

वाम गठबन्धन र फोरम नेपालबीच मन्त्रालयको भागवण्डामा पनि कुरा मिल्न सकेको छैन् । फोरम नेपालले तीन वटा मन्त्रालय मागेको छ भने वामगठबन्धनले दुई वटा मन्त्रालय मात्रै दिन सकिने बताउँदै आएको छ । तर फोरमका सह–अध्यक्ष राजेन्द्र श्रेष्ठले यसको ठाडै अस्विकार गरे । उनले भने “एमाले-माओवादी केन्दसंग हाम्रो जोडकोण मिल्न बाँकी छ । त्यसपछि मात्रै मन्त्रालयको बिषयमा प्रवेश गर्दछौ । अहिले मन्त्रालयका बिषयमा कुरै भएको छैन् ।”

श्रेष्ठले थपे “हामीले यति मन्त्रालय देउ सरकारमा आउँछौँ भनेका हौँ र उहाँहरुले नै सरकारमा आउनुस । राष्ट्रिय एकताको संदेश दिउँ । भनेकाले हामीले त्यसो भए हामी पनि समाजवादी पार्टी हौँ । संविधान संसोधन गर्दै देशलाई विकासको गतिमा अगाडि बढाउन हाम्रो सहयोग चाहिएको भए छलफल गरौँ न भनेका हौँ । नभए उहाँहरुसंग स्पष्ट बहुमत छँदैछ । सरकार चलाए भैगो नी । हामीले गुण र दोषका आधारमा सरकारको सर्मथन र विरोध गछौँ भनेकै छौँ ।”

उसो भए तिम्रो प्रस्ताव पनि मान्छौँ हाम्रो पनि मान र हामीलाई अलि बढि नै भनेको हो ? भन्ने प्रश्नमा उनले भने ” यो त हामीलाई नमिलोस भन्ने आशयको प्रश्न भयो नी मैले त्यसो भनेको छु र !

तपाँइहरु मिल्नुभयो भने त शंका गनै परेन नी भन्ने प्रतिप्रश्नमा उनले थपे “हामी त्यसैका लागि त निरन्तर छलफल गरिरहेका छौँ । अहिलेसम्म पोलिटिकल एग्रिमेन्ट गर्ने बिषयमा छलफल चलिरहेको हो । यो टुङ्ग्एिपछि सबै मिल्छ । मन्त्रालयको भागवण्डाको बिषय गौण हो । हाम्रो मुद्धा संविधान संसोधन गरेर सबैको सर्वस्विकार्य बनाउने प्रयत्न हो ।”

कमेन्ट गर्नुहोस्

error: Content is protected !!