९९ वर्षीय वृद्वले बनाए पौडीमा कीर्तिमान

काठमाडौं, फागुन १८ । अष्ट्रलियाका ९९ वर्षीय एक बृद्वले ५० मिटर फ्रिस्टाइल पौडी प्रतियोगिता ५६ दशमलव १२ सेकेण्डमा पूरा गरी नयाँ रेकर्ड कायम गरेका छन् ।

जर्ज क्रोनेज क्लक्डले क्विन्सल्यान्डमा आयोजना गरेको स्विमिङ प्रतियोगितामा सो रेकर्ड बनाएका हुन् । ९० देखि १०४ वर्षसम्मको उमेर समूहका ब्यक्तिका लागि आयोजना गरिएको उक्त प्रतियोगितामा अरु प्रतिस्पर्धीलाई पाँच मिनेटले पछि पार्दै उनले नयाँ रेकर्ड कायम गर्न सफल भएका हुन् ।

क्लक्डले दर्शकहरुको हौसलाका कारण आफू सफलताको शिखर चुम्न सफल भएको प्रतिक्रिया दिएका छन् ।

अष्ट्रलियाको ब्रिसबेन निवासी उनले ८० वर्षको उमेरदेखि मात्रै स्विमिङ खेल्न सुरु गरेका हुन् । क्लक्डले एक्सरसाइजका लागिमात्र स्विमिङ गर्ने गरेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्

सम्बन्धित् समाचार  मध्यमाञ्चलले जित्यो जुडाेमा पाँच स्वर्ण
%d bloggers like this: