अभिनेत्री सुस्मिताले छोरा अनमोललाई यस्तो आशीर्वाद दिइन्

काठमाडौं । नेपाली चलचित्रका क्षेत्रका चर्चित निर्देशक तथा नायक भुवन केसी र निर्मात्री तथा नायिका सुस्मिता बम्जनका पुत्र हुन्– नायक अनमोल केसी ।

बुवाआमाको सम्बन्धविच्छेदपछि अनमोल पिता भुवनको साथमा बसेका छन् । भुवनसँगको सम्बन्ध राम्रो नहुनु त स्वभाविक मानिएला तर, सुस्मिताले छोरामाथि नै आक्रोश पोख्दै सरापसमेत दिएकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर चर्चामा आइरहने सुस्मिताले होली पर्वको अवसरमा छोरा अनमोललाई शुभकामना दिइन्– ‘सत्यनाश’ ।

यसअघि भुवनलाई इंगित गर्दै व्यंग्यात्मक सहित आक्रोश व्यक्त गर्ने सुस्मिताले यसपटक भने छोरा अनमोलमाथि नै खनिएकी छन् । भुवन केसी, जिया केसी र अनमोलले होली खेलेको फोटो शेयर गर्दै फेसबुकमा पोस्ट गरेको पहिलो स्टाटसमा सुस्मिता लेख्छिन्, ‘आमाको मन दुखाएर कसैको प्रगति भएको छ ? डिङ्गो पुत्रको सत्यनास । यही हो मेरो डिङ्गो डिप्लोमाटिक पुत्रलाई होलीको आशिर्वाद ।’

छोराकै सत्यनाश लेख्दै पोष्ट गरेको सो स्टाटस केही समयमा नै हटाइएकी उनले तुरुन्तै अर्को आक्रोशपूर्ण स्टाटस राखिन् । जसमा लेखिएको छ, ‘खाते, बाह्र मासे, क्यासनोभाको रगत हो नि, लक्षण त देखाइहाल्छ नि । म मूर्ख रहेछु, युगौंदेखि खराब गुणलाई असलमा परिणत गर्न खोजिरहेँ । मैले अब सकिनँ ।’

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!