यस्तो छ कारण, निर्देशक छविराजको ‘मंगलम’ चलचित्र नै अन्तिम (हेर्नुहोस् भिडियो)

चलचित्र हिट हुनेमा ढुक्क छन् निर्देशक

इटहरी । चलचित्रको प्रदर्शन नजिकै आइपुग्दा नेपाली चलचित्र ‘मंगलम’ टीम केही दिनअघि इटहरी प्रचारमा इटहरी आइपुगेको थियो ।

उक्त नेपाली चलचित्रका निर्माता तथा निर्देशक छविराज ओझा, निर्देशक नवल नेपाल, अभिनेता पुष्प खड्का, नायिका शिल्पा पोख्रेल प्रचारप्रसारमा सहभागी भएका थिए । चलचित्र ‘मंगलम’मा कार्यकारी निर्माताको रुपमा रहेका छविराज ओझाले यो आफ्नो चलचित्र अन्तिम हो भन्ने हल्लाको विषयलाई प्रस्ट्याएका छन् ।

त्यस्तै, कुराकानीकै क्रममा निर्देशक नवल नेपालले फिल्म चल्ने र दर्शकले मन पराउनेमा आफुहरु ढुक्क रहेको बताएका छन् । हेर्नुस् छबिराज र नवल संग गरिएको कुराकानी ।

यही फागुन २५ गतेबाट चलचित्र ‘मंगलम’ रिलिज हुँदैछ । नेपाली चलचित्र क्षेत्रका बाघ मानिने निर्माता छविराज ओझाले निर्माण गरेको चलचित्र मगलमको ‘पर्ख–पर्ख’ बोलको गीत निकै सफल भइसकेको छ ।

उक्त गीतले युटुबमा लाखौं पटक हेरिसकेका छन् । चलचित्रलाई नवल नेपालले निर्देशक गरेको हुन भने पुष्प खड्का, शिल्पा पोखरेल, पृथ्वीराज प्रसाईं, मिथिला शर्मालगायतको मुख्य अभिनय रहेको छ ।

निर्माताको रुपमा शिल्पा पोखरेल रहेकी छिन । कार्यकारी निर्माता छबिराज ओझा हुन् भने गोविन्द फुयालले लेखेको चलचित्रलाई कल्पित घिमिरेले खिचेका छन ।

निर्माता तथा निर्देशक छविराज अोझासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियो–

कलाकार पुष्प र शिल्पासँग गरिएको यो रमाइलो कुराकानी हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!