निर्देशक भन्छन्ः चलचित्रमा अश्लिल शब्दको प्रयोग गर्नु गलत होइन

निकै लामो विवादपछि अन्ततः नेपाली चलचित्र गाजाबाजा प्रदर्शनमा आउने भएको छ । चलचित्र विकास बोर्डले गाँजाबाजा नाम राखेर चलचित्र बनाउन नपाउने भनेपछि निर्देशक गणेशदेव पाण्डे अदालतसम्म पुग्यो । एक वर्षसम्म अदालतमा रहेको उक्त मुद्दामा अन्ततः निर्देशक पाण्डेले जितेको हो।

चलचित्र ‘गाजाबाजा’लाई सर्वोच्च अदातलले यो नाम राखेर निर्माण गर्न पाउने अधिकार दिएपछि अब दर्शकमाझ आउने भएको हो । हाल चलचित्रका समूह गाँजाबाजाको प्रचारका निम्ति देश दौडाहा छ।

यसैक्रममा शनिबार पोखरा आइपुगेका निर्देशक गणेशदेव पाण्डेलगायतका चलचित्र समूहले फिल्मबारे पत्रकार सम्मेलन गरी विभिन्न जानकारी दिएका छन्।

ट्रेलर हेर्दा फिल्ममा बढी मात्रामा अश्लिल शब्दहरुको प्रयोग भएको पाइएको छ । यद्यपि फिल्म लागूऔषधविरुद्धको रहेको निर्देशक पाण्डेले जानकारी दिएको छ।

हेर्नुहोस् भिडियो–

कमेन्ट गर्नुहोस्

error: Content is protected !!