फेसबुक स्ट्याटसमा लेख्दै सुस्मिताले अनमोललाई आक्रोश व्यक्त गरिन्

काठमाडौं । नेपाली चलचित्र क्षेत्रका चर्चित निर्माता तथा अभिनेता भुवन केसीकी पूर्वपत्नी एवं चकलेटी अभिनेता अनमोल केसीकी आमाले हालै लेखेको एउटा स्टाटस चर्चाको विषय बनेको छ ।

सुस्मिताले होलीको दिन फेसबुकमा एउटा स्टाटस लेखिन् जसमा अनमोलप्रति आक्रोश व्यक्त गरेको देखिन्थ्यो ।

होलीको दिन अनमोलले भुवन केसी र उनकी गर्लफ्रेन्ड जिया केसीसँग होली खेलेको फोटो शेयर गरेका थिए । लगत्तै सुष्मिताले आफ्नो फेसबुक स्टाटसमा आफ्ना छोरा अनमोल केसीलाई ‘सत्यानाश’ शब्दसम्म लेखिन् ।

सुष्मिताले लेखेको स्टाटस यस्तो थियो, ‘आमाको मन दुखाएर कसैको प्रगति भएको छ र ? डिंगोपुत्रको सत्यानाश । यही हो मेरो डिंगो डिप्लोम्याटिक पुत्रलाई होलीको आशिर्वाद ।’

सुष्मिताको आक्रोशीत स्टाटस् प्रति अनमोलका समर्थकहरुले आलोचना गरे पछि उनले आफ्नो स्टाटस् हटाएकी थिईन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!