पुल्चोकमा सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा बिस्तार

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ललितपुरको पुल्चोकमा नयाँ शाखा विस्तार गरेको छ।

आइतबार कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले उद्घाटन गरेका हुन्। कार्यकम्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेले कम्पनीको अवस्था र भावी योजनाको बारेमा जानकारी गराए ।

यस शाखा कार्यालय संचालन पश्चात जनमानसमा बीमाको पहुँच अभिवृद्धि गर्नमा सहयोग हुने विश्वास कम्पनीले व्यक्त गरेको छ। उक्त शाखाको समुद्घाटनसँगै हाल कम्पनीले अधिराज्यभर ३५ शाखा कार्यालयहरु तथा ४ वटा वैदेशिक रोजगार जीवन बीमा सेवा केन्द्रहरु मार्फत अत्याधुनिक प्रविधिद्वारा ग्राहकहरुलाई जीवनबीमा सेवा प्रदान गर्दै आएको छ।

कम्पनीले सबैथरिका जीवनबीमा योजनाका साथै वैदेशिक रोजगार म्यादी जीवनबीमा योजना प्रचलनमा ल्याएको छ ।

कम्पनीले निकट भविष्यमा देशका सबै जिल्लाहरुबाट आफ्ना ग्राहकवर्गलाइ जीवनबीमा सेवा प्रदान गर्ने लक्ष्य लिएको छ।

अधिकृत पुंजी रु. ३.० अर्ब र जारी पुंजी रु.२.५० अर्बमध्ये हाल संस्थापकबाट ७० प्रतिशतले हुने रकम रु. १.७५ अर्ब
चुक्ता पुँजी रहेको यस कम्पनीले निकट भविष्यमा रु.७५ करोडको सर्वसाधारणको लागी शेयर जारी गरी चुक्ता पुँजी
रु. २.५० अर्ब पुर्‍याउने कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ।

 

कमेन्ट गर्नुहोस्