नर्भिक हस्पिटल र सेञ्चुरी बैंकबीच यस्तो सम्झौता भयो

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक र नर्भिक इन्टरनेशनल हस्पिटलबीच बैंकका ग्राहकहरु, शेयरधनी तथा कर्मचारीहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता भएको छ ।

सम्झौताअनुसार सेञ्चुरी प्रिमियम बचत र सेञ्चुरी प्लाटिनम बचत क्रेडिट कार्ड, शेयरधनीहरु तथा कर्मचारीहरुले १०५ सम्म प्याथोलोजी, रेडियोलेजी, मेम्मोग्राम, सर्जरी र कार्रदियाक नंन इन्भेसिभ जांचमा छूट पाउने छन् । साथै बेड चार्जमा ५ प्रतिशत छूट पनि पाउने छन् ।

उक्त सम्झौतापत्रमा बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई र नर्भिक इन्टरनेशनल हस्पिटलका प्रमुख बजार अधिकृत प्रविण दावरले हस्ताक्षर गरेका छन् ।

कमेन्ट गर्नुहोस्