श्रीदेवीको निधनको शोक सेलाउन नपाउँदै अर्की अभिनेत्री नरगिसको निधन

मुम्बई । बलिउड क्षेत्रमा फेरि अर्काे अभिनेत्रीको निधनको शोक परेको छ । बलिउडका चर्चित अभिनेत्री श्रीदेवीको निधनको पीडा सेलाउन नपाउदै बलिउडमा अर्की एक अभिनेत्रीको पनि निधन भएको छ । अभिनेत्री नरगिस रबाडीको निधन भएको हो ।

‘देख भाइ देख’ जस्ता केही चर्चित सोमा काम गरेकी अभिनेत्री नरगिस बलिउडमा शम्मी आन्टीको नामले परिचिति थिइन् । ८९ वर्षकी नरगिस पछिल्लो समय फराहा खान र बोमन इरानीको चलचित्र ‘शीरी फरहाद की तो निकल पडी’मा देखिएकी थिइन्।

अभिनेता अमिताभ बच्चनले एक ट्वीट गर्दै अभिनेत्री नरगिसको निधनमा दुःख ब्यक्त गरेका छन् । ‘शम्मी आन्टी एकदमै राम्रो अभिनेत्री थिइन्’ बच्चनले अगाडि लेखेका छन् ‘बलिउडमा उनले ठुलो योगदान गरेर बिदा भइन् ।’

नरगिस केही बर्ष देखि बिमारी समेत रहेकी थिइन् । नरगिसले २०० बढी चलचित्र, सिरियल र रियालटी सोमा समेत काम गरेकी छन् । मल्हार’ चलचित्रमा शम्मी आन्टीको भुमिका निर्बाह गरेपछि बलिउडमा उनलाई यो नामले बोलाउन थालिएको थियो ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!