युट्युबमा ‘पर्ख पर्ख मायालु’ गीत हेर्नेको संख्या एक करोडभन्दा बढी (हेर्नुहोस् भिडियो)

काठमाडौं । यही आगामी शुक्रबारदेखि निर्माता–निर्देशक छविराज ओझाको नेपाली चलचित्र ‘मंगलम्’ सबै हलहरुमा रिलिज हुने भएको छ ।

उक्त चलचित्र ‘मंगलम्’ को ‘पर्ख पर्ख मायालु‘’ गीत युट्युबमा एक करोड पटक हेरिसकेका छन् ।

चलचित्र ‘मंगलम्’ मा पुष्पल खड्का र शिल्पा पोखरेलले मुख्य कलाकारको भूमिका गरेका छन् । नवल नेपालले निर्देशन गरेको चलचित्रको ‘पर्ख पर्ख मायालु‘’ गीतमा कृष्ण काफ्ले र विन्दु परियारको स्वर रहेको छ । गीतमा दिपक शर्माको संगीत र एरेन्ज रहेको छ ।

‘छक्का पञ्जा’ को हिट गीत ‘ह‘रन चम्पा सुन न चम्पा‘’ बोलको देउडा भाकाको गीतमा कृष्ण र दिपकको जोडी जमेको थियो । ‘मंगलम्’ मा दुवैको केमेस्ट्री फेरि हिट भएको छ । गीतले एक करोडभन्दा बढी भ्युज पाएपछि संगीतकार दिपक शर्माले बुधबार केक काट्ने घोषणा गरेका छन् ।

हेर्नुहोस् भिडियो-

कमेन्ट गर्नुहोस्