अभिनेता इरफान खानलाई क्यान्सरको भएको आशंका

किन होला आजभोलि बलिउड क्षेत्रमा एकपछि अर्काे दुःखको सुन्नुपरेको छ ? चर्चित अभिनेत्री श्रीदेवीको निधनको शोक सेलाउन नपाउँदै मंगलबार अर्की अभिनेत्री नेगरिसको निधन हुन पुग्यो । फेरि अर्काे अभिनेता इरफान खानको स्वास्थ्यमा क्यान्सरको आशंका गरिएको छ ।

इरफानले एक ट्विट गर्दै आफू हाल स्वास्थ्य परीक्षणमा लागेको र दस दिनपछि सबै कुरा बताउने उल्लेख गरेपछि बलिउडमा विभिन्न अड्कलबाजी सुरु भएको छ ।

उनको स्वास्थ्य परीक्षण गर्दा इरफान ग्लिब्लास्टोमा मल्टिफर्मबाट पीडित भएको पुष्टि भएको छ । यसलाई चिकित्सा विज्ञानमा क्यान्सर भनेर चिनिन्छ । इरफानले आफू गम्भीर रोगबाट जुधिरहेको उल्लेख गर्दै अहिले सबैको आशीर्वाद आवश्यक रहेको बताएका छन् । धेरैले इरफानलाई ब्रेन ट्युमर भएको आशंका गरेका छन् ।

इरफानले सो ट्विट गरेलगत्तै दर्जनौं बलिउड स्टारले उनलाई स्वास्थ्यलाभको कामना गरेका छन् । विशाल भारद्वाजले इरफान र दीपिका पादुकोणे अभिनित फिल्मको सुटिङ गर्न ढिलाइ गरेपछि इरफान गम्भीर रोगबाट पीडित भएको तथ्य खुलेको हो । निर्देशक भारद्वाजले इरफानलाई पहेंलो रोग लागेको र दीपिका ढाड दुख्ने समस्याबाट पीडित भएको स्टेटमेन्ट जारी गरेका थिए ।

अभिषेक बच्चन, सुनिल सेठ्ठी, कोमल नाहटालगायतले इरफानको स्वास्थ्य अवस्थाबारे जानकारी दिँदै ट्विट गरेका छन् । इरफानले अभिनय गरेको ‘ब्ल्याकमेल’ अर्को महिना रिलिज हुँदैछ । इरफान बलिउडका साथै हलिउड फिल्मका पनि चर्चित कलाकार हुन् । एजेन्सीको सहयोगबाट

 

कमेन्ट गर्नुहोस्