बलिउड चलचित्र ‘बाघी २’ को ‘ओ साथी’ बोलको गीत सार्वजनिक (हेर्नुहोस् भिडियो)

एजेन्सी । बलिउड चलचित्र ‘बाघी २’ को ‘ओ साथी’ बोलको गीत सार्वजनिक भएको छ ।

उक्त गीतमा टाइगर श्रोफ र दिशा पटानीलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

मार्च ३० मा रिलिज हुने उक्त फिल्मलाई अहमद खानले निर्देशन गरेका हुन् । साजिद नाडीयडवाला निर्माता रहेको फिल्ममा टाइगरसँगै मनोज बाजपाई, रणदीप हुड्डा, दिशा पटानी लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

यस फिल्मको पहिलो भाग ‘बाघी’मा टाइगरको साथमा अभिनेत्री शारदा कपूर देखिएकी थिइन् भने बाघी २ मा टाइगर श्रफको साथमा दिशा पटानी देखिएकी छिन् । फिल्म युनिटले बाघी २ प्रर्दशन नहुँदै बाघी ३ को निर्माण घोषणा पनि गरिसकेका छन् ।

हेर्नुहोस् भिडियो-

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!