अस्थायी शिक्षकहरुले प्रधानमन्त्री सहित बिभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै

काठमाडौं, फागुन २६ । छुट अस्थायी करार शिक्षक संघर्ष समिति नेपालले  प्रधानमन्त्री सहित बिभिन्न निकायमा ज्ञापनपत्र बुझाउँदै छ ।

आन्दोलनका कार्यक्रम अन्तरगत यहि  प्रधानमन्त्री केपी शर्मा अाेली, शिक्षा मन्त्री, शिक्षा बिभाग र शिक्षासेवा अायाेग र शिक्षक महासंघमा ज्ञापनपत्र बुझाउन लागिएकाे संघर्ष समितिका अध्यक्ष हरिबंश पराजुलिले जानकारी दिए ।

आफुहरुको माग पुरा नभएको भन्दै आन्दोलनरत अस्थायी शिक्षकहरुले सरकारले  वेवास्ता गरे विद्यालयस्तरको वार्षिक र एसइई परीक्षामा असहयोग गर्ने चेतावनी दिइसकेका छन् ।

आफूहरुको रोजगारीको ग्यारेण्टी सरकारले गर्नुपर्ने माग राख्दै अस्थायी शिक्षकहरुले अान्दाेलन गर्दै अाएका छन् ।

यसअघि छुट अस्थायी शिक्षक केन्द्रीय संघर्ष समितिको टोलीले आयोगका अध्यक्ष ताना गौतमलाई ज्ञापन पत्र बुझार्इसकेकाे छ ।

आयोग परिसरमा अस्थायी शिक्षकहरुले दुई घण्टा धर्ना समेत दिएका थिए ।

समितिका अध्यक्ष हरिवंश पराजुलीले माग सम्बोधन नभए आउँदो चैतमा हुने विद्यालय स्तरको वार्षिक परीक्षा र एसईई परीक्षामा असहयोग गर्ने चेतावनी दिँदै अाएका छन् ।

२०७२ असोज २ गते पछिका छुट अस्थायी शिक्षकहरुलाई मौलिक हकको धारा १८ को उपधारा १ र धारा ३३ को उपधारा १ बमोजिम भेदभाव रहित रोजगारीका लागि समान विज्ञापनमा समावेश गरिनुपर्ने माग गरिएको छ ।

एउटै प्रक्रियाबाट नियुक्त भएका शिक्षकहरुलाई समानता र भविष्यमा शिक्षक बन्न चाहने लाइसेन्सधारीको न्यायका लागि २०४९ देखि हालसम्मलाई सर्वसहमतिबाट उपयुक्त तरिकाले निश्चित प्रतिशत निर्धारण गरी आन्तरिक र खुला विज्ञापनको व्यवस्था गर्नुपर्ने माग संघर्ष समितिको रहेको छ ।

अान्दाेलनलार्इ थप प्रभावकारी बनाउन संयुक्त अस्थायि करार संघर्ष समिति समेत गठन गरिएकाे छ । समितिकाे अध्यक्ष हेम नाथ चाैलागाई र महासचिबमा कुमाेद कर्ण र सचिबमा हरिबंश पराजुलि रहेका छन् ।

कमेन्ट गर्नुहोस्