मार्मिक लोकदोहोरी गीत ‘परदेशीको पीडा भाग २ दिदी’ (भिडियोसहित)

काठमाडौं, फागुन २६ । बहुचर्चित गायिका तुलसी धर्ति मगर र गायकहरु हिमाल केसी र यमराज कुँवरको सुमधुर आवाज रहेको अर्को मार्मिक दोहोरी गीत “परदेशीको पीडा भाग २ दिदी” सार्वजनिक भएको छ ।

पूजा डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा रुक्मेली नव सर्जक रमेश ओली र रिमाल मगरको संयुक्त एल्बम “परदेशीको पिडा भाग २ दिदी” गीत

रमेश ओलीको उत्कृष्ट शब्द सिर्जनामा सजिएको गीतमा पदेशी भुमिमा नेपालीहरुले भोग्नुपरेको पिडालाई मौलिक भाकाका साथमा समावेश गरिएको छ ।

“परदेशीको पिडा भाग २ दिदि”मा संगित संयोजन भद्र नकलले गरेका छन । दिदी भाईको वार्तालापलाई गीतको विषयवस्तुको रुपमा चित्रण गरिएको छ । खाडी मुलुकमा दुख गरेर परिवारका सदस्यलाई पैसा पठाउन लाग्दा विच वाटोमा चोरी पर्दाको पिडा र मरुभूमि ठाउँमा पाएको पिडालाई निकै कलात्मक ढगंबाट गितमा समावेश गरिएको छ ।

रमेश ओली र याम कवरको मुख्य अभिनय रहेको छ भने उनलाई सोनिया विष्टले साथ दिएकी छिन । अधिनायक मान शेरचनले सम्पादन गरेको भिडियोलाई कमल संसारले निर्देशन गरेका हुन ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!