हरिवंशको यो खुबीलाई कुन शब्दले बयान गर्ने ? हेर्नुहोस् भिडियो यसरी हँसाएरै दर्शक ढलाए

यही आगामी चैत ९ गतेदेखि देशव्यापीरुपमा प्रदर्शनमा आउने तयारीमा रहेको बहुप्रतिक्षित नेपाली चलचित्र ‘शत्रु गते’ को निर्माण समूह देश दौडाहामा लागेको छ ।

चलचित्रको प्रसारप्रसार गर्ने उद्देश्यले चलचित्रको निर्माण टिम तथा कलाकारको टोली देश दोडाहामा निस्किएको हो।

निर्माण टिमले फागुन २३ गते हेटौडा, २४ गते नारायणघाट, २५ गते बुटवलमा कार्यकम सम्पन्न गरीसकेको छ। यसैक्रममा २६ गते पोखरामा आफ्नो प्रचार सहितको कार्यकम सम्पन्न गरेको छ।

पोखरामा कलाकारहरु किरण केसी, शिवहरि पौडेल, पल शाह, आँचल शर्मा, दिपाश्री निरौलालगायतका कलाकारको उपस्थिति सहित प्रस्तुति पनि राखेका थिए ।

यसै कार्यकममा दिपाश्री निरौला र हरिवंश आचार्यको रमाइलो हास्य प्रस्तुतमा धेरै दर्शक पेट मिचीमिची हाँसेका थिए

हेरौं यो भिडियो–

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!