श्रीदेवीको जीवनीमा आधारित चलचित्र निर्माण गर्ने बोनी कपुरको घोषणा

बलिउड क्षेत्रका चर्चित अभिनेत्री श्रीदेवीको असामयिक निधन भएपछि उनका पति बोनी कपूर निकै ठूलो शोकमा परेका छन् । शोककै बीचमा उनले एक घोषणा गरेका छन् । उनले श्रीदेवीको जीवनमा आधारित चलचित्र बनाउने घोषणा गरेका हुन् ।

बोनी श्रीदेवीको गोप्य तथ्यमा वास्तविक फिल्म निर्माण गर्ने तयारीमा जुटेको भारतीय मिडियाले जनाएका छन् । फिल्म डकुमेन्ट्री जस्तै हुनेछ, जसमा श्रीदेवीको वास्तविक आवाज र उनको जिन्दगीसँग जोडिएका असली भिडियो प्रयोग गरिने छ ।

उक्त चलचित्रको निर्देशन भने शेखर कपुरले गर्नेछ । २१ वर्ष पहिला शेखरले श्रीदेवीलाई लिएर ‘मिस्टर इन्डिया’ बनाएका थिए । संसार छाड्नुअघि अभिनेत्री श्रीदेवीले शेखरको निर्देशनमा ‘मिस्टर इन्डिया पार्ट २’ गर्ने इच्छा व्यक्त गरेकी थिइन् ।

यसपटक बोनी कपूर पर्दाको पछाडि रहेर श्रीदेवीको जिन्दगीको बारेमा नसुनेका कुरा दर्शकलाई देखाउँदैछन् ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!