हिजडाहरुकाे मौनता

त्यो आगनमा
वरिपरि भिडमा
बसेर हेर्दै
अबोध बालिकाको
चित्कार सुन्दै

हिजडाहरु
बसेका थिय मौन
मानब रुपि
राक्षस …भन्दै कौन
पिट्दै थिय
लाती र मुड्किले

जितेर आको
मेयर भनाउदो
हेर्दै थिय रे
लाज घिन पचेको
एउटा चेली
यातनाले ढलेको

घोडाघोडी मा
युवतिलाइ कुटि
बोक्सी झार्ने रे
कस्तो दानव रै छ
खुन गर्छु रे ……
अर्धचेत बेहोस
बनाइ छोडे
पापी दानबले ……!!

-प्रेम लामा (हाल कतार)

कमेन्ट गर्नुहोस्