लोकसेवा परीक्षाका लागि सहयोगी : हावापानी परिवर्तनका बारेमा जान्नैपर्ने कुराहरु

हावापानी परिवर्तनका कारण नेपालको कृषि, जलविद्युत आदी क्षेत्रमा प्रभाव पर्नसक्ने चिन्ताहरु सार्वजनिक भएका छन् ।

नेपालको वातावरण मन्त्रालयका एक अधिकारीले अनुकुलनको लागि बनाइएका राष्ट्रिय तथा स्थानीय कार्ययोजना लागू गर्न रकम अपुग भइरहेका थिए।

अक्सफामको प्रतिवेदन अनुसार सन् २००९ र २०१२ बीच नेपाललाई झन्डै ५४ करोड अमेरिकी डलर विदेशी सहयोग हावापानी परिवर्तनका प्रभावहरुसंग जुध्न भनी प्राप्त भएको थियो।

करिब ६० देशका ४०० भन्दा बढी प्रतिनिधि सहभागी रहेका हावापानी परिवर्तन सम्बन्धि एक बैठक काठमाडौंमा भइरहँदा अन्तर्राष्ट्रिय संस्था अक्सफामले एक प्रतिवेदनमार्फत हावापानी परिवर्तन सम्बन्धी वैदेशिक सहयोग अन्यत्रै परिचालन गर्ने गरेको पाइएको खुलासा गरेको हो ।

तर त्यस्को झन्डै ५४ प्रतिशत रकम सो कामका लागि नभइ शिक्षा, भुकम्प निरोधक प्रविधि तथा सडक र पुल निर्माणको लागि खर्च भएको सो प्रतिवेदनमा उल्लेख छ।

‘बेवास्ता’

ती आयोजना कार्यान्वयन गरिदा हावापानी परिवर्तनका प्रभावहरुमाथि ध्यान नदिइएको प्रतिवेदनले भनेको छ।

हावापानी परिवर्तनका प्रभावहरुसित अभ्यस्त हुन अन्तर्राष्ट्रिय मापदण्डअनुसार बनाइएको राष्ट्रिय अनुकुलन कार्ययोजना नापाले जनस्वास्थ्य, जलस्रोत र उर्जालाई प्राथमिकताका क्षेत्रहरु भनी ‌औंल्याएको थियो।

तर, अक्सफामको प्रतिवेदनले ती क्षेत्रहरुमा पैसा पटक्कै नगएको जनाएको छ।

सो प्रतिवेदनले हावपानी परिवर्तनसम्वन्धी आयोजनाहरु अघि सार्दा नेपाल सरकारको भन्दा पनि दातृ निकायको भनाइ चल्ने उल्लेख गरिएको छ।

असरहरु

यसै साता सार्वजनिक गरिएको अर्को प्रतिवेदनले आउँदा केहि दशकमा नेपालको कृषि, जलविद्युत आदी क्षेत्रमा प्रभाव पर्नसक्ने र त्यस्ले देशको कुल ग्राहस्थ उत्पादनमै असर गर्न सक्ने औंल्याएको थियो।

नेपालमा चार वर्षअघि राष्ट्रिय अनुकुलन कार्ययोजना बनेको थियो र लगत्तै स्थानीय अनुकुलन कार्ययोजना पनि बनाइयो।

तीनको कार्यान्वयनको निम्ति खासगरि अमेरिका र युरोपेली देशहरुले आर्थिक सहयोग गरिरहेका छन्।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्