नेपालको खराब शुरुवात, सस्तैमा पाँच विकेट गयो

काठमाडौं, फागुन २८ । एकदिवसिय विश्वकप क्रिकेट छनोट अन्तर्गतको चौथो खेलमा हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालको पाँच विकेट गएको छ ।

नेपालका ज्ञानेन्द्र मल्ल १२, अनिल साह २६, पारस खडका ११, आरिफ सेख २ र दिपेन्द्रसिंह ऐरी १२ रनमा आउट भए ।

अहिले क्रिजमा रोहित पौडेल शुन्य र सोमपाल कामी १ रन बनाएरमा खेलिरहेका छन् ।

उत्कृष्ट बलिङ गरेका नेपाली खेलाडी व्याटिङमा यसअघि झै आज पनि कमजोर देखिएका छन् ।

जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा पूरै विकेट गुमाउदै १५४ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २र२ ,सोमपाल कामी र ललित राजवंशीले १र१ विकेट लिए ।

कमेन्ट गर्नुहोस्