नेपालको १०० रन पूरा

काठमाडौं ।एकदिवसिय विश्वकप क्रिकेट छनोट अन्तर्गतको चौथो खेलमा हङकङले दिएको १५५ रनको लक्ष्य पछ्याएको नेपालले ३० ओभरको समाप्तीमा पाँच विकेटको क्षतिमा एक सय रन पूरा गरेको हो ।

ओपनिङ व्याट्सम्यान अनिल शाहल २६ ज्ञानेन्द्र मल्लले १२ रन बनाएका थिए। त्यस्तै कप्तान पारस खड्काले ११ र दिपेन्द्रसिंह ऐरीले १२ र आरिफ शेषले दुई रन बनाएका थिए। क्रिजमा रहेका रोहितकुमार पौडलले १९ र सोमपाल कामीले १६ रन बनाएर खेलिरहको छन् ।

उत्कृष्ट बलिङ गरेका नेपाली खेलाडी व्याटिङमा यसअघि झै आज पनि कमजोर देखिएका छन् ।

जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा पूरै विकेट गुमाउदै १५४ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!