नेपालको पहिलो जित, हङकङ पाँच विकेटले पराजित

काठमाडौं, फागुन २८ । एकदिवसिय विश्वकप छनोटको चौथो खेलमा नेपालले हङकङमाथि शानदार जित निकालेको छ । १५५ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ४०.४ ओभरमा पाँच विकेटको क्षतिमा पूरा गर्यो ।

नेपालका लागि रोहितकुमार पौडेलले सर्वाधिक ४८ रन तथा सोमपाल कामीले अविजित ३७ रन बनाए ।

नेपालका अनिल साहले २६, ज्ञानेन्द्र मल्ले १२, पारस खडका ११, दिपेन्द्रसिंह एैरी १२ र आरिफ सेखले २ रन बनाएका थिए ।

जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्ट्स मैदानमा टस जितेर ब्याटिङ रोजेको हङकङले ४८.२ ओभरमा पूरै विकेट गुमाउदै १५४ रन बनाएको थियो ।

नेपालका लागि सन्दीप लामिछानेले ३, बसन्त रेग्मी र करण केसीले २/२ ,सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट लिए ।

हङकङका लागि निजाकत खानले सर्वाधिक ४७ रन बनाए भने एहसान खानले २५ र बाबर हायतले २० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले सम्झन लायक प्रदशन गर्न सकेनन् ।

 

 

कमेन्ट गर्नुहोस्