निदाहास ट्रफी: भारतले लियो श्रीलंकासँग बदला

काठमाडौं । कोलम्बोको प्रेमदासा स्टेडियममा जारी रहेको निदाहास टि-२० अन्तर्राष्ट्रिय क्रिकेटको चौथो खेलमा भारतसँग श्रीलंका ६ विकेटले पराजित हुन पुगेको छ ।
१५३ रनको लक्ष्य पूरा गर्न मैदान झरेको भारतका लागि मनीष पाण्डेले ४२र दिनेश कार्तिकले ३९ रन जोडे । उसले १७.४ ओभरमै ४ विकेट गुमाएर लक्ष्य प्राप्त गऱ्यो । श्रीलंकाका अकिला धनंजयले २ तथा नुवान प्रदीप र जीवन मेंडिसले समान १-१ विकेट लिए ।

टस हारेर ब्याटिंगको निम्ता पाएको श्रीलंकाको प्रदर्शन औसत रह्यो । उसले ९ विकेट गुमाएर १५२ रन जोड्यो । यसमा कुसल मेंडिसको अर्धशतक सामेल थियो । भारतीय बलिंग तर्फ एस एन ठाकुरले ४ र वासिंगटन सुंदरले २ विकेट झारे । त्यस्तै उदनकट, चहल र विजय शंकरलाई पनि एक एक सफलता मिल्यो ।
भारतले पहिलो म्याचमा श्रीलंका सितको हारको बदला लिएको छ ।

 

कमेन्ट गर्नुहोस्