साउथह्याम्पटनका प्रशिक्षक पेलिग्रिनो बर्खास्त

काठमाडौं, फागुन २९ । साउथह्याप्टनले प्रशिक्षक माउरिसिओ पेलिग्रिनोलाई बर्खास्त गरेको छ । साउथह्याम्पटन अहिले रेलिगेशन जोनबाट एक स्थानमाथि र एक अंक मात्रै अघि रहेका बेला टिमले प्रशिक्षकलाई बर्खास्त गरेको हो ।

लिगका ८ खेल मात्रै बाँकी हुँदा साउथह्याम्पटनको २८ अंक छ । साथह्याम्पटनले लिगमा गएको १७ खेलमा एक खेल मात्रै जितेको छ । ४६ वर्षे पेलिग्रिनो गएको जुनमा प्रशिक्षकमा नियुक्त भएका थिए ।

साउथह्याम्पटनले आउँदो आइतबार एफए कपमा विगानसँग प्रतिस्पर्धा गर्दैछ । लगातार छैटौँ सिजन प्रिमियर लिग खेलिरहेको साउथह्याम्पटन अघिल्ला पाँच सिजन १४ औँ स्थान भन्दा तल रहेको छैन ।

कमेन्ट गर्नुहोस्