मध्यपश्चिमाञ्चल विश्वविद्यालय : आङ्गिक क्याम्पसलाई ३० लाख

सुर्खेत, फागुन २९ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले आफ्ना १० ओटा आङ्गिक क्याम्पसको पूर्वाधार विकासका लागि ३० लाख रुपैयाँ हस्तान्तरण गरेको छ । विश्वविद्यालयका उपकुलपति डा. उपेन्द्रकुमार कोइराला र रजिष्ट्रार महेन्द्रकुमार मल्लले आइतवार ती क्याम्पसका प्रमुखलाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

विश्वविद्यालय अनुदान आयोगले पूर्वाधार विकासका लागि छुट्याइएको ८० लाखमध्ये पहिलो किस्ताबापत सो रकम हस्तान्तरण भएको सूचना अधिकारी विष्णुकुमार खड्काले जानकारी दिए ।

उनका अनुसार नारायण क्याम्पस दैलेख, बबई बहुमुखी क्याम्पस बर्दिया, बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर बाँके, रारा क्याम्पस मुगु, भेरी ज्ञानोदय क्याम्पस जाजरकोट, मुसिकोट क्याम्पस खलङ्गा रुकुम, जनता बहुमुखी क्याम्पस विद्यापुर सुर्खेत र भेरी शिक्षा क्याम्पस गुमी, सुर्खेत, तिला बहुमुखी क्याम्पस मान्मा कालिकोट र जलजला बहुमुखी क्याम्पस रोल्पाले अनुदान पाएका छन् ।

कमेन्ट गर्नुहोस्