संघीय गणतन्त्रमा ढोरपाटनको दुर्भाग्य !

सबै कुराले भरिपूर्ण भएपनि नेपाल सरकार र मातहतका निकायले यसको संरक्षणका लागि केही नगर्नु ढोरपाटनको र ढोरपाटनबासीको दुर्भाग्य

बागलुङ । ढोरपाटन सानो नेपाल भनेर चिनिने बाग्लुङ्ग जिल्लामा पर्ने ढोरपाटन राष्ट्रिय शिकार आरक्षय निकुञ्ज प्राकृतिकरूपमा सुन्दरताले भरिपूर्ण भएपनि पर्यटकीय रूपमा र विकसित अझै पनि एउटा दुर्गम क्षेत्र भनेर चिनिन्छ।

नेपाल सरकारले विदेशीहरुलाई शिकार गर्न अनुमति दिँदा करोडौंको लागतमा राजस्व लिएतापनि शिकार आरक्ष निकुञ्ज ढोरपाटनको विकासको लागि कसैले केही गरेको देखिन्न केबल किताबमा पढ्न पाइन्छ । राष्ट्रिय वन्यजन्तु शिकार आरक्ष्य निकुंज ढोरपाटन हो भनेर ।

Photo Credit: Parikramatrekking

खबरहरुबाट सुन्न पाइन्छ सरकारले ढोरपाटनको लागि धेरै ठुलो योजना सहिद बजेट छुट्याएको छ भनेर । तर, त्यो बजेट कहाँ जान्छ कसैलाई थाहा नै छैन । बाग्लुङ्ग जिल्ला विकास कार्यालयले अहिले ढोरपाटनको लागि केही विकासको योजनालगायत बागलुङदेखि बुर्तिबाङसम्म मोटरबाटो गएतापनि बुर्तिबाङदेखि ढोरपाटनसम्म बाटो खन्ने कुनै चासो राखेन । तर, ढोरपाटनबासीहरुले आफ्नो व्यक्तिगत खर्च गरेर बुर्तिबाङदेखि ढोरपाटनसम्म बाटो पुर्याए साथसाथै जलविद्युतको योजनाको त कुरै नगरौं । जनताले आफ्नो काँधमा बिजुली खम्बा बोकेर, सिमेन्ट बोकेर आफ्नै लगानीमा बिजुली निकाल्नमा तत्पर रहे ।

Photo Credit: Sisnerover

ढोरपाटनको एयरपोर्टको लागि आएको बजेट काटेर ढोरपाटनको राष्ट्रिय डोमेस्टिक एअरपोर्ट बागलुङ बलेवामा सारियो र ढोरपाटन एयरपोर्ट गौचरण भयो ढोरपाटनको लागि आएको बजेट गल्कोटलगायत अरु ठाउँमा लगाइयो बोबाङ गाविस ढोरपाटनको लागि आएको सड़क, पानी, बिजुली, दूरसंचार लगायतका लागि केन्द्र सरकारले छुट्टाइएको बजेट आयोजना कहिले ढोरपाटनसम्म पुगेन ।

Photo Credit: Sisnerover

ढोरपाटन प्राकृतिक सम्पदा र सुन्दरताले भरिपूर्ण छ, ढोरपाटन भौगोलिकरूपले रुकुप, रोल्पा, प्युठान, गुल्मी, अर्घाखाँची, म्याग्दी जिल्लाहरुको केन्द्रबिन्दुमा पर्छ । ढोरपाटनमा यार्चागुम्बा लगायत उत्तिश , बिख्म, अमिलो, रातो च्याउ लगायत विभिन्न किसिमका जडिबुटी पाइन्छन् । बहुमुल्यको जीवजन्त, जनावरहरु पनि छन जस्तै– नेवर, कस्तूरी झारल, थार ,बदेल, बाघ, भालु, राते ब्वाँसो ।

त्यस्तै पंक्षीमा राष्ट्रिय चरा डाफे, कालिज, मुनाल, वनकुखुरा लागायत अन्य थुप्रै पंक्षीहरु पनि पाइन्छन् । ढोरपाटनमा बसोबास गर्नेहरुमा पनि धेरै उत्तम विचारका मान्छेहरु छन र यहाँ प्रायःजसो सबै कृषी पेशामा संलग्न छन् । ढोरपाटनमा विभिन्न किसिमका आलुको खेतीलगायत फापर, सिमी, तोरी, गहुँ, जौं, मकै र ज्वाटो अनि स्याऊ उत्पादन हुन्छ ।

Photo Credit: Goinnepal

ढोरपाटनको मौसम पनि अति राम्रो छ, कार्तिकदेखि चैतसम्म हिउँ पर्छ र वैशाखदेखि असोजसम्म प्रायः पानी पर्ने गर्छ । तर, यहाँ धेरै वर्षा भएतापनि बासिन्दाहरुलाई खासै क्षति पुर्याउँदैन ।

 

ढोरपाटनमा सबै किसिमका चीजहरुले भरिपूर्ण भए तापनि ढोरपाटनलाई दुर्गम क्षेत्र भनेर चिनिनु र नेपाल सरकार र बाग्लुङ जिल्ला विकास कार्यालयले कुनै किसिमका विकासको लागि केही पनि नगर्नु भनेको नै ढोरपाटनको र ढोरपाटन बासिन्दाको दुर्भाग्य हो ।

नेपाल सरकारले तथा बागलुङ जिल्ला कार्यालयले ढोरपाटन क्षेत्रमा विकासको लागि कार्ययोजना बनाई ती योजनाहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउनु अति आवश्यक छ।

गामबहादुर विक

ढोरपाटन निवासी, हाल युएई

 

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!