भारत बन्यो विश्वमा सबैभन्दा बढी हतियार किन्ने देश

नयाँदिल्ली । हतियार किन्ने सन्दर्भमा भारत विश्वमै सबैभन्दा बढी हतियार किन्ने देश बनेको छ ।

भारतीय पत्रिका दैनिक भाष्करका अनुसार स्टक होमको रिपोर्टले सन् २०१३–२०१७ को अवधिमा भारतले सर्वाधिक हतियार किनेको जनाएको छ । भारतले कूल हतियार ब्यापारको १२ प्रतिशत हिस्सा ओगटेको छ । रिपोर्ट अनुसार २००८–२०१३ को तुलनामा भारतले २०१३–२०१७ सम्म २४ प्रतिशत बढी हतियार किनेको छ ।

साउदी अरब दोस्रो नम्बरमा

रिपोर्ट अनुसार भारतपछि सबैभन्दा हतियार किन्ने देश साउदी अरब बनेको छ । त्यसपछि क्रमशः मिश्र, यूएई, चीन, अस्ट्रेलिया, अल्जेरिया, इराक, पाकिस्तान र इन्डोनेसिया रहेका छन् ।

रिपोर्ट अनुसार भारतले रुससँग सबैभन्दा बढी हतियार किनेको छ । भारतले किनेको हतियारमध्ये रुसबाट ६२ प्रतिशत हतियार किनेको पत्रिकाले जनाएको छ । भारतले अमेरिकाबाट १५ र इजरायलबाट ११ प्रतिशत हतियार किनेको छ ।

अमेरिका भारतसँग नजिक

एसियामा चीनको बढ्दो प्रभावका कारण अमेरिका भारतलाई साथ दिइरहेको पत्रिकाले जनाएको छ । २००८–२०१२ को तुलनामा २०१३–२०१७ सम्म भारतले अमेरिकाबाट धेरै हतियार किनेको छ । तुलनात्मक अवधिमा भारतले अमेरिकाबाट लगभग ५५७ प्रतिशत बढी हतियार किनेको छ ।

हतियार बेच्ने देशको सूचिमा अमेरिका अग्रस्थानमा रहेको छ । अमेरिकापछि रूस, फ्रान्स र जर्मनी बढी हतियार बेचिरहेका छन्। हतियार बेच्ने देशको सूचिमा चीन पाँचौं नम्बरमा छ । चीनले सबैभन्दा बढी हतियार पाकिस्तानलाई बेच्ने गरेको छ ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!