पोष्टरमा रजनीकान्तसँग बसेको कुकुर ४ करोड तिरेर किन्नेको हानथाप !

मुम्बई । बलिउड क्षेत्रका सुपरस्टार रजनीकान्त स्टार बलिउड चलचित्र ‘काला’ आगामी अप्रिल २७ मा रिलिज हुने भएको छ । पीए रञ्जीतले निर्देशन गरेको चलचित्रको ट्रेलर केही दिनअघि मात्रै सार्वजनिक भएको थियो ।

यस्तै फिल्मको पोस्टर पनि केही दिन अघि सार्वजनिक गरिएको थियो । पोस्टरमा रजनीकान्तसँग एउटा कुकुर देखाइएको छ ।

सुपरस्टार रजनीकान्तसँग बसेको कुकुर किन्नलाई अहिले होडबाजी सुरू भएको छ । रजनीकान्तका फ्यानहरू उक्त कुकुर किन्नलाई आतुर भएको बताइएको छ । कुकुरका लागि उनीहरु ४ करोड रुपैयाँसम्म तिर्न तयार देखिको भारतीय मिडियाले जनाएका छन् ।

व्यवसायिक कुकुर प्रशिक्षक साइमनका अनुसार जब मलेसियामा रहेका रजनीकान्तका फ्यानहरुले ‘काला’ को पोष्टरमा रजनीकान्तको छेउमा मणि नाम गरेको कुकुरको देखे, उनीहरु उसलाई किन्नका लागि करोडौँ रुपैयाँ तिर्न हानथाप गरिरहेका छन् ।

तर, आफूले मणिलाई आफ्नो बच्चा जसरी पालेको हुँदा ती अफरहरु अस्विकार गरेको उनले बताए । मलेसियामा पनि रजनीकान्तको थुप्रै फ्यानहरु रहेका छन् । रजनीले त्यहाँ काबालीसहित कयौँ चलचित्रको सुटिङ गरेका छन् ।

एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्