‘नेप्टे’ मा दयाहाङ नायकबाट बने खलनायक

काठमाडौं । नेपाली चलचित्र ‘नेप्टे’ को अफिसियल ट्रेृलर सार्वजनिक भएको छ ।

फागुन २८ गते सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी चलचित्र निर्माण युनिटले उक्त चलचित्रको ट्रेलर सार्वजनिक गरेको हो ।

नायक रोहित रुम्बा र नायिका छुल्ठिम गुरुङको रोमान्समा दयाहाङ राई भिलेनका रुपमा देखिएका छन् । कमेडी सम्वादले भरिपूर्ण ट्रेलरमा दयाहाङसँगै, रोहित रुम्बा, छुल्ठिम गुरुङ, ए गुरुङ, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

यस चलचित्रका निर्देशक देवकुमार श्रेष्ठ हुन् । किरण माइकलको पटकथा एवं संवाद रहेको फिल्मलाई रोहित स्वयंमले लेखेका हुन्।

रोहित रुम्बाकै निर्माणमा बनेको ‘नेप्टे’लाई हरी घले लामाले छायांकन गरेका हुन्।

फिल्ममा पूर्णिमा लामा, अरुणा कार्की, प्रनिशा सिलवाल लगायतका कलाकारहरुको पनि अभिनय देख्न सकिन्छ ।

आगामी चैत ३० गतेबाट प्रर्दशनमा आउन लागेको ‘नेप्टे’ चलचित्र लिलिबिलीसँगै एकसाथ रिलिज हुने भएको हो ।

हेर्नुहोस् उक्त चलिचत्र ‘नेप्ट’ को ट्रेलर-

कमेन्ट गर्नुहोस्