नेप्से परिसूचकमा मंगलबार ४ अ‌ंकले सुधार

काठमाडौं । केही दिनयता लगातार घटेर रातो रहेको नेप्से परिसूचक मंगलबार भने ४ अंकले बढेर हरियो भएको छ।

यसदिन १५६ कम्पनीको २३ करोड ७० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। मंगलबार बिमा १०, उत्पादन ३२ र माइक्रोफाइनान्स ४ अंकले घटेका छन् । यसबाहेक सबै उपसुचकहरु बढेका छन् ।

बैंकिङ ५, होटल ६१, बिकास बैंक १, जलबिधुत ९, फाइनान्स ३ र अन्य परिसुचक ७ अंकले बढेका छन्।

यस दिन नेपाल लाइफ इन्सुरेन्सले सबै भन्दा धेरै रकमको कारोबार भयो । यसको २ करोड २१ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो ।

त्यस्तै धेरै रकमको कारोबार हुने कम्पनीमा नबिल बैंक अग्रस्थानमा रह्यो । यसको १ करोड ५२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो।

त्यस्तै धेरै नाफा कमाउनेमा श्रि इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ता अग्र स्थानमा रहे। जसका लगानीकर्ताले ७ प्रतिशत कमाए।

त्यस्तै सोल्टि होटलका लगानीकर्ताले ५ प्रतिशत कमाएर कमाउनेमा अग्र स्थानमा रहे । अरुण फाइनान्स र एभरेष्ट इन्सुरेन्सका लगानीकर्ताले सबै भन्दा धेरै ४ प्रतिशत गुमाए । सेतोपाटीबाट साभार

कमेन्ट गर्नुहोस्