न्यायाधिशको व्यवहारले शिर निहुरिएको भन्दै तत्काल फूलकोर्टको बैठक बोलाउन कर्मचारीको माग

काठमाडौं, फागुन २४ । सर्वोच्च अदालतमा सोमबारदेखि शुरु भएको प्रधानन्यायाधिश सहभागीे इजलास बहिष्कार मंगलबारसम्म आइपुग्दा व्यापक बन्यो । न्यायाधिशका यस्ता कार्यले कर्मचारीको शिर निहुरिएको भन्दै अदालत कर्मचारी युनियनले तत्काल फुलकोर्टको बैठक बोलाउन माग गरेका छन्।

मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल निजामती युनियन र नेपाल निजामती कर्मचारी संगठनले यस्तो माग गरेका हुन्।

स्वतन्त्र एवं निष्पक्ष न्यायपालिकामाथिको जनआस्था खस्किनेगरी न्यायालयभित्र र बाहिरबाट भइरहेका यस्ता कार्यले समयमा न्याय पाउने नागरिकको अधिकार कुण्ठित भएको विज्ञप्तिमा उल्लेख छ।

न्यायालयको मानमर्दन एवं न्यायपालिकाको जनआस्था खस्कने कार्य रोक्न न्यायाधीश एवं अदालतका जनशक्तिको पहिलो दायित्व भएको भन्दै विज्ञप्तिमा तत्काल पूर्ण बैठक (फुलकोर्ट) बसी समाधान गर्न ध्यानाकर्षण गरिएको छ।

कमेन्ट गर्नुहोस्